Rajendra Ojha (Nayan)
यो मन खै कता-कता आफै हराई रहेछ आज,
वेदना पनि किन हो हरपल कराई रहेछ आज।
जिवन एक टक्क सत्यमा रोकिन खोज्दै छ मित्र,
तर ईच्छाले यसलाई पल-पल सराइ रहेछ आज।
मृत्यु जितेर अगाडि सर्ने आट भएको प्रिय मन,
यहाँ कपटको मार्ग देखि सार्है डराइ रहेछ आज।
यहाँ मोहलाई प्रेम सोचेर मस्त रमाईरहेको बेला,
आकाङ्क्षाले वेदनाको ढुकुटी भराई रहेछ आज।
शक्तिको मैदान रातो माटोमा हेरफेर भएको’ पल,
एक ढुङ्गाले अर्कोको अपमान गराइ रहेछ आज।
