Education

दुरि

राजेन्द्र ओझा (नयन)

कवि, दार्शनिक

काठमाडौं, नेपाल

जिवन त पुष्प जस्तै थियो सुरुवातमा,

तर आज यो निरस काँडा झै बनेको छ यहाँ।

मान्छेको आफ्नै अचम्मको गल्तीले,

आज उसैको सन्तान बिच दुरि बढ्दै छ यहाँ।

दुरि पनि अस्तित्वहीन हुन्छ यहाँ यदि मन नै मरेपछि,

तर हेर, मन जिउदै छ भने त दुरी एक भ्रम मात्र हो

जो सिघ्र नै टोड्न सकिन्छ यहाँ

दुरि ज्ञान प्राप्तिको अचेत मार्ग पनि हो,

एक चोटी यसैमा पौडी खेलेर त हेरौँ

मृत्यु पुर्व नै आफुसँग भएको तत्वको अस्तित्व बुझ्दै,

स्वर्ग प्राप्तिको अनुभव हुन्छ यहाँ।

साच्चै दुरि पनि अस्तित्वहीन हुन्छ या’ यदि मन नै मरेपछि

स्वर्ग प्राप्तिको अनुभव पनि हुन्छ यसले,

यदि यसबाट निस्किएको पिडाबाट मोहित नभएपछि

दुरिले आफ्नो अस्तित्व नियाल्ने समय दिन्छ मित्र,

त्यसैले कसैको बिछोडले ज्वाला बन्नुको साटो-

आत्मालाई बुझ्न सिके यो दुरिको पलमा

अवश्य पनि भविष्य ज्ञानको उर्जाले भरिनेछ यहाँ!

अवस्य नै यो दुरि त सिउडी जस्तै धारिलो थियो हिजो सम्म

तर हरेक मानवले ईर्ष्या सँग यो मानवतालाई बेच्न थाल्दा,

दुरि एक पुष्प जस्तै सुवासित भएर सुसज्जित छ आज।

Related posts

Chimpanzee life and Monkey life

admin

Future of Nepal: Challenges, Opportunities, and the Role of Gen Z

admin

Building Credibility and Accountability: Private Colleges Need to Avoid Misleading and Deceptive Internship/Employment Claims

admin

Leave a Comment