लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यमा चिरपरिचित नाम हो । उनको जन्म वि.सं. १९६६ साल कात्तिक २७ गने काठमाडौंको धोबीधारामा भएको थियो । उनी पण्डित तिलमाधव देवकोटा र अमर राज्य लक्ष्मी देवीका साहिँला छोरा थिए । नेपाली साहित्यका क्षेत्रमा बहुमुखी प्रतिभाका धनी देवकोटाले विशेष गरी नेपाली कविता र निबन्धको क्षेत्रमा अतुलनीय योगदान पु¥याएका छन् । लक्ष्मीप्रसाद देवकोटाको न्वारनको नाउँ तीर्थमाधव देवकोटा भए पनि लक्ष्मीपूजाका दिन जन्मिएका हुनाले उनको नाम लक्ष्मीप्रसाद देवकोटा राखिएको थियो । लक्ष्मीको प्रसाद ठानेर उनलाई लक्ष्मीप्रसाद भनिए पनि उनी सरस्वतीको प्रसाद पो पुन्न पुगे । उनलाई लक्ष्मीले उपेक्षा गरे पनि सरस्वतीले चाहिँ सधैँ प्रेम गरिरहिन् ।
देवकोटाका समयमा देशमा राणाहरूको शासन थियो । विद्यालयहरू धेरै थिएनन् । पढ्न लेख्न असाध्यै कठिन थियो । त्यस्ता कठिन समयमा पनि लक्ष्मीप्रसादलाई उनका पिताले काठमाडाको एक मात्र विद्यालय दरबार हाइस्कुलमा भर्ना गरिदिएका थिए । देवकोटा सानैदेखि बुवाले लेखेका कविताहरूलाई साफी गर्ने काम गर्थे । त्यसैले उनमा पनि कविताप्रति रुचि जागेको थियो । उनी कविता लेख्थे र विद्यालयमा साथीहरूलाई सुनाउँथे । उनका साथीहरू ती कविता देवकोटाले नै लेखेका हुन् भन्ने कुरा विश्वास गर्दैनथे । एक दिन साथीहरूले विद्यालयमा कविता लेख्ने कार्य आयोजना गरे । साथीहरूले देवकोटाको बेइज्जत हुने ठानेका थिए तर देवकोटाले त्यस कार्यव्रmममा सबैका सामु उत्कृष्ट कविता लेखेर सुनाइदिए । त्यसै समयमा उनलाई गुरुहरूले ‘कोपिलाउँदो कवि’ को संज्ञा दिएका थिए ।लक्ष्मीप्रसाद देवकोटा मूलतः कवि हुन् । उनले थुप्रै कविताहरू लेखेका छन् । उनले महाकाव्य, खण्डकाव्य र फुटकर कविताहरू लेखेका छन् । कविताबाहेक उनले निबन्ध, नाटक, कथा, गीत र समालोचनाहरू पनि लेखेका छन् । उनले लेखेको ‘मुनामदन’ खण्डकाव्य आजसम्म पनि चर्चित र लोकप्रिय छ । पहाडी पुकार, भिखारी, छहरा, सुनको बिहान, राजकुमार प्रभाकर, लुनी, कुञ्जिनी, मैना आदि देवकोटाका अन्य चर्चित साहित्यिक कृतिहरू हुन् ।लक्ष्मीप्रसाद देवकोटा अत्यन्त दयालु स्वभावका थिए । समाजमा रहेका गरिब, दुःखी र असहायहरूलाई उनी असाध्यै माया गर्थे । देवकोटा त्यति बेलाको नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जागिरे थिए । उनले तलब बुझेको दिन बाटामा माग्नेहरू प्रशस्त बस्थे रे । उनी प्रत्येक माग्नेलाई पैसा दिँदै जान्थे र घर पुग्दा उनको खल्ती रित्तो भइसकेको हुन्थ्यो रे । त्यसैले त देवकोटा पैसालाई हातको मैलासँग तुलना गर्थे । पैसा र धन सम्पत्तिले मान्छे ठुलो हुन सक्दैन, मान्छे ठुलो हुन दिन ठुलो हुनुपर्छ । भन्ने उनको भनाइ थियो । हाम्रा समाजमा मानिसहरू अझै पनि जातपातको कुरा गर्छन् । देवकोटा मानिस कोही पनि ठुलो र सानो जातको हुँदैन भन्थे । मान्छे ठुलो जातले होइन कर्मले हुन्छ भन्ने उनको विचार थियो । मान्छेले मान्छेलाई प्रेम गर्नुपर्छ, एक अर्कालाई परेका बेला सहयोग गर्नुपर्छ भन्ने देवकोटा मानवतावादी साहित्यकार हुन् ।
लक्ष्मीप्रसाद देवकोटा बाहिरी तडकभडक रुचाउँदैनथे । उनी सादा जीवन र उच्च विचार भएका महान् व्यक्ति थिए । उनी सधैँô साधारण बनेर हिँड्थे । धेरै मानिसले उनलाई महाकवि भनेर चिन्दैनथे । एक पटक काठमाडाôको कुनै एउटा होटलमा कवि सम्मेलन भएछ । त्यसमा देवकोटालाई पनि निम्ता गरिएको रहेछ । घुम्दै जाँदा देवकोटा त्यही होटलमा पुगेछन् । भित्र जानुप¥यो भनी गेटबाट पस्न खोज्दा पालेले जान दिएनछ । देवकोटा निराश भएर घर आएछन् । फेरि नयाँ नयाँ कपडा लगाएर चिटिक्क परेर त्यही होटलमा जाँदा अघिकै पालेले उनलाई सम्मानका साथ भित्रसम्म पु¥याएछ । समाजमा बढ्दै गएको यस्तै तडकभडक पनको देवकोटाले विरोध गरेका छन् । लक्ष्मीप्रसाद देवकोटा अत्यन्त छिटो कविता लेख्न सक्थे । उनले एक रातमै एउटा खण्डकाव्य तयार पारेका थिए भने एक हप्तामै एउटा महाकाव्य लेखेका थिए रे । उनमा तुरुन्तै कविता लेख्न सक्ने खुबी भएकोले उनलाई आशुकवि पनि भन्न सकिन्छ । उनले लेखेका थुपै कविताहरू अझै पनि छापिएका छैनन् । धेरै कविताहरु अरुकै नामबाट छापिएका छन् । जीवनमा सधैँô पैसाको अभाव भएकाले देवकोटाले धेरै कविताहरू बेचेर गर्जो टारेका थिए । उनले एक रातभरि लेखेका कविता बेचेर छोरीको बिहे खर्च जुटाएका थिए भन्ने पनि सुनिन्छ । देवकोटा आशावादी कवि थिए । जीवनमा सधैँ आशा लिएर अघि बढेमा सफलता पाइन्छ भन्ने देवकोटा हामी सबैका निम्ति प्रेरणादायी बनेका छन् । त्यसैले त उनले भनेका छन्– “उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक ।” नभन्दै देवकोटाको निधन भएकै दिन रुसले पठाएको अन्तरिक्षयान ‘लुना’ चन्द्रमामा प्रवेश गरेको थियो । यसरी नेपाली साहित्यक महाकवि देवकोटाले हामीलाई आशावादी भई कर्म गर्ने प्रेरणा दिएका छन् । मानिस धन, सम्पत्ति र जातले ठुलो हुने होइन, मानिस ठुलो हुन त उसमा ज्ञान हुनु पर्छ र अरुको भलो हुने काम गर्नुपर्छ भन्ने देवकोटाको निधन वि.सं. २०१६ साल भदौ २९ गते काठमाडाôको पशुपति आर्यघाटमा भयो । उनी आज हाम्रा सामु छैनन् तापनि उनले लेखेका असङ्ख्य कविताहरूले उनलाई सम्झाइ रहेछन् ।
चिरपरिचित : पहिलेदेखिनै चिनिएका, लामो समयदेखि चिनिएका
बहुमुखी : विभिन्न वा धेरै विषयको ज्ञान भएको
अतुलनीय : तुलना गर्न नसक्ने, अरुसँग नदाँजिने
उपेक्षा : बेवास्ता, हेलाँ, उदासीन हुनु
शासन : नियन्त्रण, सरकारले जनतालाई गर्ने नियन्त्रण
साफी : सफा गर्ने तरिका
उत्कृष्ट : उत्तम, निकै राम्रो
संज्ञा : नाम
महाकाव्य : ठुलो आकारको काव्य
खण्डकाव्य : कविता भन्दा ठुलो तर महाकाव्य भन्दा सानो काव्य
समालोचना : कविता, कथा आदिको विश्लेषण
असहाय : सहायता गर्ने कोही नभएको
मानवतावादी : मान्छे एकै हो र मान्छेले मान्छेको सेवा गर्नुपर्छ भन्ने विचारको
आशुकवि : तुरुन्तै कविता लेख्न सक्ने कवि
निधन : मृत्यु
अन्तरिक्षयान :आकाशमा उडेर जाने साधन (रकेट)
