CollegeCreativesFeaturedLifestylePoliticsUncategorized

जता हेर्यो उस्तै तिम्रो हेर्यो यस्तै

– राजु भट्टराई
आजको समुदायले उर्वराशक्ति गुमाउन थाल्यो । सद्बुद्धि, सुविचार र सत्कर्मबाट टाढीन लाग्यो । त र म मै अड्कीएर सर्बको भण्डा फोर्न थाल्यो । शान्ती र समृद्धिको हावा चल्नै छाड्यो । हरेक नागरीकमा अनि परिवारमा परिवर्तन आवश्यक छ । एउटा आलु कुहियो भने सबै कुहिन्छ यो बुझेर व्यवहारमा उतार्नु आवश्यक छ ।

देशतिर हेर्यो नेता लडिराछन् भने कार्यकर्ता रमिराछन् । एकापक्ष आज यसो फुकेर भुलाउँछन् त अर्काेपक्षले भोली उसो भनेर अल्झाउँछन् । सुकर्म गर्नेलाई हल्लाउँछन् । असललाई पल्टाउँछन् । मिल्यो भने ढलाउँछन् पनि । सुविचार र सुकर्म गर्नेलाई समाउँछन् कि भगाउँछन् । सोचलाई बल्नु आवश्यक छ । हाम्रो कर्मको फल हामिले मात्र होईन हाम्रो आउने पिडीले पनि भोग्नु पर्छ भन्ने जान्नु आवश्यक छ । हाम्रो व्यवहारनै हाम्रो संस्कार हो अतः व्यवहारलाई बदल्नु आवश्यक छ । नयाँ सोच र क्षमतालाई उजागर गर्नु आवश्यक छ । आफ्नो नाम सुनौलो अक्षरमा खोप्नु आवश्यक छ । सगरमाथामा शान्ति र सुखी नेपाली भई झन्डा फरफराउनु आवश्यक छ । क्षमता र दक्षताको कदर हुनु आवश्यक छ । राष्ट्रलाई धेरै माथी पुर्याउनु आवश्यक छ । राष्ट्रझक्त, राष्ट्रप्रेमी जन्माउनु आवश्यक छ ।


अनि फेरी यता कर्मथलो तिर पनि त्यस्तै छ एकपक्ष आजको कामलाई भोली अनि टोली बाँधि रमिता रच्दैमा रमाउछन् । आफ्नो कर्मलाई छली, दाऊ लगाउँदैमा आफुलाई भुलाउँछन् अनि अरुलाई पनि । कर्मलाई ठगी आफै ठगिरहेका छन् अनि आफ्नै समयलाई ठग्दैछन् । गुनासोहरुको तिर लाई पचाई, लुरुक्क हुँदै अमूल्य समयमा आफुलाई सँधै हराउँदैछन् । अनि फेरी अर्काेपक्ष कुर्चीलाई तानी आफुतीर पारी अरुलाई पर सारी, आफ्नो सिङ्घासन घेर्दैमा व्यस्त छन् । ठग्ने ठगिरहेको छ अनि ठगिने ठगिदैछ । यो परम्पराले घेरा हालिसक्यो नकरात्मक र अशान्तीको वासना फैलिसक्यो । कुसंस्कारको ज्वाला जलिसक्यो अनि दया र मायामा बाँझो परिसक्यो । आजको लागी मात्र बाँच्नेहरुको भीड बढ्न थाल्यो । खानको लागी बाँच्ने कि बाँच्नको लागी खाने भन्ने दोधारमा समाज रोमलिन थाल्यो । विश्व दिनानुदिन फड्को मार्दा सम्म मेरो छेउ एन्टीना हल्लाउँदैमा बित्न थाल्यो । कुशल र कलाकारितालाई चरप्प बाँधिन थाल्यो । दलदलको पोखरीमा सोझालाई खाँदिन थाल्यो । साहुहरु ठगिन थाले कर्मचारीहरु पल्कीन थाले । हेर्दा हेर्दै समय वित्दै गयो छेऊमा झन् झन् दुर्गन्थ बढ्न थाल्यो । बाटाहरु नाङ्गीन थाले अनि खोलीहरु मासिन थाल्यो । वनजङ्गल नानिस थाले अनि त्यस्तै मलिलो पुरिन थाल्यो । दिउसै अन्ध्यारो हुन थाल्यो । संसारभरका खबरमा देश टासिन थाल्यो । राम्रा कुरा मासिन थाल्यो भने नराम्राले जरो गाड्न थाल्यो । सक्षम जनशक्ति देशै छोडेर कुलेलाम ठोक्न थाले अनि आफ्नै मातृभूमिको पिर मान्न छाडे । सुरुवात आफैंबाट असल कर्म गर्नु आवश्यक छ । कर्मको ध्यान गर्नु आवश्यक छ । असल कर्मले स्वयमलाई मात्र होईन संस्था अनि पूरा देशको प्रगतितिर लम्काउनु आवश्यक छ । कर्मथलोमा राजनितीकरणलाई हराउनु आवश्यक छ । दरिद्र र कमचोरलाई सहि ज्ञान दिन आवश्यक छ । दुर्गन्ध चाँडै फैलिन्छ यसलाई सफा गर्नु आवश्यक छ । खोई के–के पो लेखुँ म? … तिम्रो हेर्यो यस्तै अनि मेरो छेऊ पनि उस्तै । जता हेर्यो त्यस्तै

Related posts

Time is incredibly Valuable

admin

Nepal’s Future in Focus: High Hopes for Growth Under New Leadership

admin

The Infinite Way of Humanity and Truth

admin

Leave a Comment