Education

गाँजर खानाले हुने अमूल्य फाइदाहरु

गाँजर खानाले विशेषत आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ ।
यसमा उच्च मात्रामा बेटा क्यारोटिनका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा गएर भिटामिन ए मा परिवर्तन हुन्छ । यसले राती आँखा देख्न सक्ने क्षमतामा वृद्धि महत्पूर्ण भूमिका खेल्दछ । यसले ग्लुकोमा, म्याकुलर डिजेनेरेशन र सेनाइल क्याटार्याक्टजस्ता आँखाको समस्याविरुद्ध लड्न मद्दत पु¥याउँछ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ । यसले रतन्धो हुनबाट समेत बचाउँछ । गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ ।
गाँजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादको रुपमा गाँजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम प्रोटीन, ०.३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ ।
गाँजरका फाइदाहरु
१. छाला चम्किलो बनाउँछ
गाँजरको नियमित सेवनले छाला स्वस्थ तथा चमकदार बन्नुका साथै चाउरीपना कम हुन्छ । भिटामिन सि र एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले । छाला चम्काउन गाँजरको पेष्टमा मह मिसाइ फेस मास्कका रुपमा प्रयोग गर्न सकिन्छ । यस्तै, गाँजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ ।
२. रतन्धो हुनबाट बचाउँछ
गाँजरमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । त्यही भिटामिन ए भरपूर मात्रामा पाइने हुँदा आँखाको ज्योति तेजिलो पार्न सहयोग गर्नुका साथै रतन्धोबाट हुनबाट बचाउँछ ।
३. मुटुको रक्षा
गाँजरमा पाइने विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व जसले मुटुको कवचको रुपमा काम गर्छ । विभिन्न अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । मुटुको चाल अनियमित हुने समस्या भएकाहरुले पर्याप्त मात्रामा गाँजर खाँदा लाभदायक हुन्छ ।

४. रोगप्रतिरोधी क्षमतामा वृद्धि
गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गराइ शरीर स्वस्थ राख्न मद्दत गर्दछ । गाँजर खानाले स्वासनलीमा जमेको खोकी बाहिर निकाल्न समेत मद्दत पुग्दछ ।

५. दाँतका लागि लाभदायी
गाँजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ । यो दाँतका लागि टुथब्रस र टुथपेष्टको रुपमा काम गर्छ । गिजा बलियो बनाउँछ र थुप्रै मात्रामा र्याल उत्पादन गर्न सहयोग गर्दछ ।
६. बुढोपना रोक्छ
गाँजरमा भएको बेटा क्यारोटिनले एन्टिअक्सिडेन्टको काम गर्दछ । जुन शरीरका कोषहरुको क्षति हुनबाट बचाउँन महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । यसले गर्दा मानिसलाई चाँडै बुढो हुन दिँदैन ।

७. महिलाको महिनावारीमा लाभदायी
गाँजरको जुस महिलाका लागि वरदान नै सावित भएको छ । यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडालाई हटाउँछ र बढी रक्तस्राव हुनबाट पनि जोगाउछ । यसले महिनावारीसंबन्धी अन्य समस्यामा पनि भूमिका निर्वाह गरेको हुन्छ ।

८. पाचन प्रणालीमा सुधार

गाँजरलाई खाना खाइसकेपछि सलादको सेवन गर्नाले निकै नै लाभदायी हुन्छ । खाना खाइसकेपछि सलादका रुपमा प्रयोग गर्ने वस्तु मध्ये गाँजर पनि एक उक्तम विकल्प हो । गाँजरलाई सलादका अलावा तरकारी अचार तथा हलुवा बनाएर पनि खान सकिन्छ । गाँजर फाइबरको एक महत्वपूर्ण स्रोत भएकाले खाना राम्रोसँग पच्न मद्दत गरी दिसालाई नियमित बनाउँनुका साथै कब्जियत पनि हटाउँछ । गाँजरको नियमित सेवनले क्यान्सरजन्य रोगहरुको जोखिम पनि कम गर्दछ ।

Related posts

Building Credibility and Accountability: Private Colleges Need to Avoid Misleading and Deceptive Internship/Employment Claims

admin

How to start business?

admin

रहनु हुन्न भोकै

admin

Leave a Comment