CreativesCultureEducation

रहनु हुन्न भोकै

– राजु भट्टराई

मानिसको जात हामी साझा सबको एकै
काम गर्न लाज हुन्न रहनु हुन्न भोकै ।

धनी गरिब छुट्याउदैँनौ असल बानी हाम्रो
नारी पुरुष समान व्यवहार गर्न जाने राम्रो
रगत सबको रातो नै छ हामी सबै एकै
अपाङ्गलाई सहयोग गरौँ नराखौँ है भोकै ।

सम्मान गर्ने भावनाको विकास गरौँ नानी
समय मै सुधारौँ है हाम्रो नराम्रो बानी
सहयोगको भावनामा रहौँ हामी एकै
भोका नाङ्गालाई सहयोग गरौँ रहनु हुन्न भोकै ।

अमूल्य यो जीवन हाम्रो बनाउ है शुद्ध
सुविचारमा लागौँ हामी बनौँ ज्ञानी बुद्ध
गाउँघर, सहरबजार सबै मानिस एकै
दुखीलाई नि सहयोग गरौँ रहनु हुन्न भोकै ।

जाति, धर्म, सँस्कृतिमा छौँ हामी एकै
गरिबलाई नि माया गरौँ रहनु हुन्न भोकै ।

Related posts

The most gorgeous place -Kathmandu and Pokhara valley of Nepal

admin

कालो मरिच प्रयोग गरेमा हुन्छन् यस्ता अचम्मका फाईदाहरु

admin

गोदावरीको एक दिन

admin

Leave a Comment