Education

अमाजोन वर्षा वनका पाँच रोचक र अनौठा तथ्यहरु (Amazon Rain Forest)

विश्वमै वन क्षेत्रहरु मध्ये वर्षा वनको राजा भनेर चिनिने अमाजोन जङ्गल प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको छ । यस जङ्गल जति सुन्दर छ त्यति नै रहस्यमय र खतरनाक पनि रहेको तथ्य फेला परेको छ ।
यस वर्षा वनमा करिब ३०० मिलियन भन्दा बढी रुखहरु हुनुको साथै संसारकै कुल अक्सिजन मध्येको २० प्रतिशत अक्सिजन उत्पादन हुन्छ । यो वर्षा वनले क्षेत्र दक्षिण अमेरिकाको कुल ७० लाख वर्ग कि.मि क्षेत्रफल ओगटेको छ । यस जङ्गलको अस्तित्व करिव ४० मिलियन वर्ष अगाडिबाट हुन सक्ने अनुमान गरिएको छ । यस वर्षा वन दक्षिण अमेरिका महादेशको ९ ओटा देशमा फैलिएको छ । यस जङ्गलमा विभिन्न रहस्यमय वस्तुहरु फेला परेका छन् केही निम्न रहेका छन् ।
१. Boiling water
अमाजोन जङ्गलमा त्यस्तो नदी छ जहाँ पानी भक्भक्ति उम्लिदै बगेको छ । यहाँको पानी करिब ७५ डिग्री सेल्सियस देखि १०० डिग्री सेल्सियस सम्म तातो रहेको छ । यो नदी दक्षिण अमेरिकाको अमेजोन वेसिनमा छ र यस नदिको लम्बाइ करिब ६.४ कि. मि छ भने ८२ फिट चौडा र गहिराइ २० फिट रहेको अनुमान गरिएको छ । यस नदिको पानी बाह्रै महिना उम्लिदै बग्ने गर्दछ । यस जङ्गलका जनावरहरु पानीको प्यास मेटाउन यस नदीसम्म आउने गर्दछन् तर उनीहरु तातो पानीकै कारण मर्ने गर्दछन् । त्यसैले यस नदिलाई मृत्युको कुवा पनि भनिन्छ ।
२. Walking Tree
लाखौ क्षेत्रफलमा फैलिएको अमेजोन जङ्गलमा धेरै प्रजातिका रुखविरुवा तथा वनस्पतिहरु पाइन्छन् । यस जङ्गल यति घना छ कि आकाशबाट पानी पर्दा वर्षाको पानी जमिनमा पुग्न करिब दश मिनेट भन्दा बढी लाग्छ । यही विशाल र घना जङ्गल भएकै कारण यस जङ्गलको कतिपय ठाउँमा त सूर्यको किरण नै पुग्दैन । जहाँ प्राय अन्धकार नै हुन्छ । यस जङ्गलमा यस्तो रुख छ जुन एक ठाउँबा अर्को ठाउँमा पुग्ने गर्छ । यस प्रकारको रुख सूर्यको किरण जता लाग्यो त्यता नै पुग्ने गर्छ तर यसको एक ठाउँबाट अर्को ठाउँमा सर्ने समय भने ज्यादै सुस्त गतिमा हुन्छ किनभने यस प्रकारको रुखको जरा जमिन भन्दा केही मिटर माथिबाट नै हुन्छ र रुखको जरा सूर्यको किरणपट्टि अगाडि बढ्दै जाने र पछाडिको जरा मर्दै जाने हुँदा यस रुख एक ठाउँबाट अर्को ठाउँमा पुग्ने गर्छ ।
३. Strange bird
अमाजोन जङ्गलमा विभिन्न प्रजातिका जिवजन्तु तथा चराचुरुङ्गीहरु रहेका छन् जसमध्ये चरा प्रजातिको एउटा यस्तो चरा छ कि हेर्दा लाटोकसेरो जस्तो देखिने यस प्रजातिको चरा काठको ठुटो जस्तै दुरुस्तै देखिने हुँदा जो कोहीले छुट्याउन मुस्किल हुन्छ । यस चरालाई त्यहाँको स्थानिय भाषामा पिटु भनिन्छ । यो चरा मानिसले हेर्दा हेर्दै अदृश्य भए जस्तो हुन्छ किनकी यसको शारीरिक बनावट रुखसँग मिल्छ । त्यसैले मानिस झकिन्छन् ।
४. Poison dart frog
हेर्दा सामान्य भ्यागुता जस्तो लाग्ने यस प्रजातिको भ्यागुता अमेजोन जङ्गलमा पाइन्छन् । हेर्दा चिल्ला र राम्रा देखिने यी भ्यागुता वास्तवमा एकदमै विषालु हुन्छन् । यिनीहरुले आफूलाई केही अफ्ठ्यरो महशुस हुनासाथ आफ्नो शरिरबाट विष निकाल्छन् । यतिसम्म कि यस्तो खालको एक भ्यागुताको विषले करिब दस जना मानिस मार्न सक्ने विष हुन्छ । यसको विषले मानिसको नर्भस सिस्टमलाई नै नष्ट गरि मुटु चल्न समेत रोकिदिन्छ । यस जङ्गलका आदिवासी मानिसहरुले यस भ्यागुताको विष निकाल्छन् र आफ्नो सिकार र शत्रुलाई नष्ट गर्छन् । विभिन्न रङमा पाइने यीनिहरु आस्चर्य भ्यागुतामध्येमा पर्दछन् ।
५. Green anaconda
एनाकोन्डा एक यस्तो प्राणी हो, जुन सर्प प्रजातिको सबैभन्दा लामो र ठुलो हुन्छ । यो जमिनमा एकदमै सुस्त गतिमा घर्सिन्छ भने पानी भित्र द्रुत गतिले हिँड्न सक्छ । यो प्राणी अमाजोनको हिलो र दलदलमा देख्न सकिन्छ । यसको आँखा गोहीको जस्तै टाउकोको माथिल्लो भागमा हुने हुँदा पानी मुनी वा हिलोमा लुकेर जमिन माथिको आफ्नो सिकार गर्न सक्छ । यसले आफ्नो सिकारलाई पहिले बेरेर मार्छ र त्यसपछि निल्छ । यो एकदमै भयानक र डरलाग्दो हुन्छ ।

Related posts

How to write “Newspaper Article”

admin

How does the gap between academia and industry hinder and mislead the transformation of universities in Nepal?

admin

Different Types of Graphic Design

admin

Leave a Comment