CreativesLifestyle

कालो मरिच प्रयोग गरेमा हुन्छन् यस्ता अचम्मका फाईदाहरु

मरिचलाई खाद्य पदार्थको रुपमा दुध, चिया, रोटी, तरकारी आदिमा मसलाको रुपमा प्रयोग गरिन्छ । यो सानो–सानो, चाउरी परेको जस्तो र कालो रङमा पाइन्छ । कालो मरिच स्वादका लागि मात्र नभएर घरेलु औषधिका रूपमा समेत प्रयोग गर्न सकिन्छ । पेट, छाला र हाडसँग सम्बन्धित समस्यामा यो धेरै प्रभावकारी मानिन्छ । हामीले दिनहुँ खाना बनाउँदा मरिच पनि थोरै मात्रामा मिसाएर सेवन गर्नाले शरीरलाई फाइदाजनक हुन्छ । अब हामी कालो मरिचका फाइदाका बारेमा केही फाइदामुलक जानकारी गर्दैैछौ । आउनुस जानौ कालो मरिचका फाइदाहरु ः
– कालो मरिचको सेवन गर्दा छालामा समस्या आउन दिदैँन । यसले रक्तसञ्चारलाई नियमित गर्नुका साथै छालामा अक्सिजनको मात्रा बढाउँछ ।

– कालो मरिचले पाचन शक्तिलाई बलियो बनाउँछ र पेट पनि सफा राख्न मद्दत गर्दछ । यसको सेवन दिनहुँ गरेमा ग्यास्ट्रिक हुँदैन ।

– जिरा र चिनीसँग कालो मरिच मिसाएर दिनहुँ दुई चम्चा सेवन गरेमा पायल्स रोगबाट राहत पाइन्छ ।

– यसमा राम्रो मात्रामा कीटाणुनाशक गुण हुने भएकाले योे सेवन गर्नाले हाम्रो शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । यसलाई बेसारसँग मिसाएर नियमित खाएमा क्यान्सर लाग्ने सम्भावना न्युन हुन्छ ।

– उच्च रक्तचापका बिरामीले पनि मनतातो पानीमा कालो मरिचको धुलो राखेर खाएमा रोग नियन्त्रण गर्न मद्दत पुग्छ ।

– मनतातो पानीमा कालो मरिचको धुलो र कागती हालेर पिउँदा एसिडिटीलाई कम गर्न सकिन्छ ।

– कालो मरिचको धुलो नियमित मनतातो पानीमा सेवन गर्दा रुघाखोकी निको हुनुका साथै, धुवाँ–धुलोका कारण छातीमा हुने समस्या, फ्लु र भाइरलको संक्रमणबाट समेत जोगिन सकिन्छ ।

– बुढौली उमेरका कारण हुने अर्थाराइटिस रोगका लागि कालो मरिच उपयोगी हुन्छ । तिलको मनतातो तेलमा यसको धुलो मिसाएर हातखुट्टामा लगाएमा आराम मिल्छ ।

– यसको ठीक मात्रामा प्रयोग गरेमा शरीरमा स्फूर्ति बढाउनुका साथै मस्तिष्क सक्रिय बनाउँछ । साथै कालो मरिचको धुलो ठीक मात्रामा दैनिक सेवन गरेमा मांसपेशीजन्य रोग लाग्दैन ।

तर हामीले ध्यान दिनुपर्ने कुराहरु के छ भने मानिसको शारिरिक अवस्था र समय अनुसार माथिका कुराहरुको उपलब्धीमा फरक पर्ने हुँदा आफ्नो शरीरको अवस्थाको ठीक मात्रा थाहा पाएर मात्र प्रयोग गर्नुपर्ने हुन्छ ।

Related posts

Nepal at a Crossroads: Politics, Development, Culture, and the Road Ahead

admin

Why is politics in Nepal just ideology without aspirations and practice?

admin

Ojha receives UPAA Award in Lucknow, Guest of Honor at Gandhi Award Ceremony in Delhi Kathmandu.

admin

Leave a Comment