BooksCreativesEducationGoogleLearning MaterialsLife StyleLifestylePoliticsSchool

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ ।


राष्ट्रिय जनगणना तथा तथ्यांक कार्यालयले शुक्रबार गरेको १२ औं जनगणना २०७८ को अन्तिम र विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार सन्दर्भ दिन वा जनगणनाको अन्तिम दिन २०७८ साल मंसिर ९ गतेलाई राखिएको छ ।
प्रतिवेदनअनुसार, नेपालमा कुल जनसंख्याको १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ अर्थात् (४८.९८ %) पुरूष र १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ %) महिला छन् । अन्य लिङ्गीको संख्या दुई हजार ९२८ छ । अर्थात् (०.००१ %) रहेको छ ।


२०७८ माघ १२ को प्रारम्भिक प्रतिवेदन अनुसार, नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । तर, शुक्रबारको अन्तिम प्रतिवेदनमा भने २७ हजार ९०२ कम अर्थात् २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ जनसंख्या देखिएको हो । जनसंख्या मध्येको सबैभन्दा धेरै जनसंख्या भएको जिल्ला काठमाडौंमा २० लाख ४१ हजार ५८७ जनसंख्या बसोबास गर्दछन् भने जनसंख्याको सबैभन्दा कम अर्थात् थोरै मानिसको बसोबास भएकोे जिल्ला मनाङमा जम्मा ५ हजार ६८५ जना मानिस छन् ।
नेपालको भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको १ करोड ५६ लाख ३४ हजार ६ जना (५३.६१ %), मानिस तराईमा बसोबास गर्दछन्, भने १ करोड १७ लाख ५७ हजार ६२४ जना (४०.१ %) मानिस पहाडमा र १७ लाख ७२ हजार ९४८ जना (६.०८ %) मानिस हिमाली क्षेत्रमा बसोबास गर्दछन् ।


प्रदेशको हिसाबमा कुल जनसंख्याको सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेश नै रहेको छ । जसमा २०.९७ % रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७९ % रहेको छ ।
कुल जनसंख्याको सबैभन्दा बढी वृद्धिदर भक्तपुर जिल्लामा भएको देखिन्छ । भक्तपुरमा ३.५ % ले बढेको छ भने रामेछाप जिल्लामा सबैभन्दा बढी जनसंख्या घटेको देखिन्छ । यस जिल्लामा हरेक वर्ष १.६७ % ले जनसंख्या घटेको प्रतिवेदनमा देखिएको छ ।

नेपालको भौगोलिक क्षेत्रको हिसाबमा सबैभन्दा धेरै जनघनत्व भएको क्षेत्र तराई क्षेत्र छ । जसमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम अर्थात् हिमाली क्षेत्रमा ३४ जना मात्र प्रतिवर्ग किलोमिटर रहेको छ । नेपालको सबैभन्दा धेरै जनघनत्व काठमाडौं जिल्ला रहेको छ । काठमाडौंमा एक वर्ग किलोमिटरमा पाँच हजार १६९ जना बस्ने गरेको देखिएको छ । सबैभन्दा कम जनसंख्या अर्थात् मनाङ जिल्लामा एक वर्ग किलोमिटरमा तीन जना मात्रै बस्ने गरेका छन् ।


नेपालको कुल जनसंख्यामा कुल परिवारको संख्या ६६ लाख ६६ हजार ९३७ रहेको छ ।
शुक्रबार सार्वजनिक प्रतिवेदनअनुसार हाल नेपालमा ६६ लाख ६६ हजार ९३७ परिवार छन् । यसमा (व्यक्तिगत) एकल परिवार (एकल) ६६ परिवार ६० हजार ८४१ र (संस्थागत) संयुक्त परिवार ६ हजार ९६ रहेका छन् । एक मात्र परिवार बसोबास गर्ने सदस्य औसतमा ४.३७ जना रहेको छ । जुन २०६८ सालमा ४.८८ जना रहेको थियो ।
नगरपालिकामा बस्ने मानिसको संख्यामा बृद्धि, ग्रामिण इलाकामा बस्ने मानिसको संख्यामा कमि
नेपालमा नगरपालिकाहरु बढाए अनुसार नै नगरपालिकाहरूमा बस्ने जनसंख्या बढेको छ । कुल जनसंख्याको ६६.१७ % नगरपालिकामा बस्ने गरेका छन ्। गाउँपालिकाहरूमा बस्ने मानिसहरुको संख्यामा गिरावट भएको देखिन्छ । कुल जनसंख्याको ३३.८३ % मात्र मानिस गाउँमा बसोबास गर्छन् ।


साढे १५ लाख परिवारका करिब २२ लाख नागरिकहरु विदेशमा
राष्ट्रिय जनगणनाअनुसार करिब २२ लाख नागरिक विदेशमा रहेको देखाएको छ । कुल १५ लाख ५५ हजार ९६१ परिवारका एक न एक सदस्य विदेशमा रहेको देखिएको छ भने त्यसमा २१ लाख ९० हजार ५९२ जना परिवारका सदस्यहरुका स्थायीरुपमा नै विदेशमा बसेको तथ्यांकले जनाएको छ । जसमध्ये पुरुष १७ लाख ९९ हजार ६७५ जना (८२.२ % ) र महिला तीन लाख ९० हजार ९१७ (१७.८ % ) रहेका छन् । २०६८ को जनगणना अनुसार १९ लाख २१ हजार ४९४ जना व्यक्ति परिवारमा अनुपस्थित रही विदेशमा अक्सर बसोबास गरेका थिए ।
त्यस्तै गरी ३१ % परिवारमा महिलाको परिवारमा नेतृत्व रहेको छ ।
नेपालमा कुल ६६ लाख ६६ हजार ९३७ परिवार छन ्। जसमध्ये ३१.५५ % परिवार मूली महिला रहेका छन ्। २०६८ को तुलनामा ५.८२ % बिन्दुले बढी हो ।

Related posts

अनुसन्धानकर्ता राजेन्द्रप्रसाद ओझा ‘एशियाज आउट स्ट्यान्डिङ इन्टर्नशिप सोलुसन प्रोवाइडर अवार्डबाट सम्मानित

admin

Essay on the Democracy of Nepal

admin

Erasmus+ team from Europe India and Sri Lanka at Global College International

admin

Leave a Comment