फर्सिको बियाँ प्रोटिनको उच्च स्रोतका रुपमा चिनिन्छ । फर्सिको बियाँ बजारमा बिक्रिबितरण पनि हुन्छ । यसमा प्रसस्त मात्रामा जिङ्क पाइन्छ । कोषहरुको वृद्धि, पुरुषहरुको यौनक्षमता वृद्धि र इन्सुलिनको कामलाई नियन्त्रिण गर्न मद्दत गर्छ । जिङ्क गर्भवती महिलाका लागि पनि आवश्यक तत्व मानिन्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन यसले ठुला भुमिका खेलेको हुन्छ ।
फर्सीको बियाँमा ‘ट्रिप्टोफ्यान’ नामक पोषक तत्व पनि धेरै पाइन्छ । शरीरभित्र गएर ‘सेरोटोनिन’ नामक तत्वमा परिणत भई हाम्रो दिमाग ठीक बनाईराख्न र निद्रा लाग्नमा धेरै मद्दत गर्छ । यसले दिमागको क्षमतालाई वृद्धि पनि गर्दछ ।
बियाँमा पाइने अर्काे तत्व ‘अल्फा–लिनोलेनिक एसिड’ पनि हो । यसले हाम्रो मुटु स्वस्थ राख्न धेरै मद्दत गर्छ । यो एसिड हाम्रो शरीरभित्र गई ‘ओमेगा ३’ र ‘ओमेगा ६’ जस्ता पोषक तत्वमा परिवर्तन भई हाम्रो आँखा, मुटु र छालालाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्दछ ।
फर्सीको बियाँमा अर्काे तत्व जुन ‘म्याग्नेसियम’ नामको खनिज पदार्थ हो । यसले मुटुले गर्ने कार्यमा सहयोग गर्नुका साथै दाँत र हड्डीलाई विकास र बलियो मद्दत गर्दछ । साथै फर्सीको बियाँमा सेलेनियम, भिटामिन बि, क्याल्सियम, म्यान्गनिज, कप्पर जस्ता तत्वहरु धेरै मात्रामा पाइन्छ ।
तर, फर्सीको बियाँमा हुने ‘फाइटिक एसिड’ले माथि उल्लेख गरिएका पोषक तत्वको पाचन क्रियालाई चाहि बाधा पु¥याउँछ । त्यसैले फर्सिको बियाँ दिनहुँ खानेहरुले भिजाएर खाँदा लाभदायक हुन्छ ।
फर्सीको मुन्टा कस्तो धेरै फाइदाहरु
फर्सीलाई धेरै तिमी खानु उचित मानी
स्वास्थ्यका धेरै समस्या निकारण गर्न खानी
बुढापाकाले धेरै खान्थेअरे फर्सीको मुन्टा
हामीले पनि खाने गरौँ धेरै मात्रामा हुँदा ।।
फर्सी र यसको बियाँजस्तै फर्सीको मुन्टा पनि उतिकै पोषिलो खानेकुराका रुपमा पर्छ । यसमा क्याल्सियम, म्याग्नेसियम, भिटामिन ए, के, बि, फोलेट, पोटासियम, फस्फोरस, आइरन, म्यान्गनिज जस्ता तत्वहरु धेरै मात्रामा पाइन्छ । परिकारका रुपमा मन्टा स्वादिलो हुनुको साथै प्रसस्त मात्रामा पाइने आइरनले रोग प्रतिरोधात्मक क्षमता बढाउछ र रक्तअल्पता हुनबाट पनि जोगाउँछ ।
