Creatives

तरकारीहरु मध्ये फर्सी लाभदायक तरकारी हो ।

संसारमै विभिन्न थरीका तरकारीहरु पाइन्छ अनि नेपालमा पनि धेरै तरकारीहरु विभिन्न ठाउँमा फलाउने गरीन्छ । जसमध्ये फर्सी एउटा मिठो तरकारी हो । फर्सीको बियाँ र मुन्टा पनि धेरैनै पोषक तत्वका धेरै भएको मानिन्छ । फर्सीमा प्रसस्त मात्रामा पाइने खनिज र भिटामिनले हाम्रो शरीरलाई स्वस्थ र तन्दरुस्त राख्न मद्दत गर्छ । बच्चादेखि बृद्धसम्म सबैले रुचाउने फर्सि सबैको सजिलो र मिठो परिकारका रुपमा पकाइ खाने गरिन्छ ।
फर्सीमा ‘बिटा क्यारोटिन’ पाइन्छ, जसले शरीरभित्र ‘भिटामिन ए’मा परिणत भई स्वस्थ आँखा र स्वस्थ मुटु बनाउँछ । यसमा भएको बिटा क्यारोटिनले क्यान्सर हुनबाट जोगाउने अनुसन्धानबाट देखिएको छ । त्यस्तैगरी फर्सीमा प्रसस्त मात्रामा पाइने पोटासियमले हाम्रो शरीरमा रक्तचापको सन्तुलन मिलाउन र हड्डीलाई मजबुत राख्न मद्दत गर्छ ।
हाम्रो शरीरलाई साधारणताया दैनिक २५–३० ग्राम फाइबर चाइन्छ । अन्य तरकारीजस्तै फर्सीमा पनि फाइबर धेरै मात्रामा पाइन्छ । फर्सी हाम्रो शरीरको लागी निकैनै लाभदायक छ । दीर्घ रोगहरु (जस्तै– क्यान्सर, मोटोपना, मुटु रोग, मधुमेह आदि) नलाग्न शरीरको यस्तो आवश्यकता परिपूर्ति गर्न तरकारीहरु मध्ये फर्सि राम्रो स्रोत हो । क्यालोरी थोरै भए पनि फाइबर आवश्यक मात्रामा हुने भएकाले फर्सी खाएको लामो समयसम्म भोक लाग्दैन र तौल नियन्त्रण प्रक्रियामा सहयोग पुग्छ । यस बाहेक फर्सीमा ‘भिटामिन ई’ र ‘सी’ पनि पाइन्छ, जसले ‘एन्टिअक्सिडेन्ट’का रूपमा हाम्रो शरीरमा काम गर्छ। शारीरिक प्रक्रियाबाट निस्केका ‘फ्री रेडिकल्स’ (जुन शरीरका लागि हानिकारक हुन्छन्) लाई बढन दिँदैन ।

Related posts

Best way to get a top job in Nepal

admin

How do scientists know that recent climate change is largely caused by human activities?

admin

मृत्युमा पनि अमर बनी आकाशमा चम्कनु

admin

Leave a Comment