CreativesCultureEducationFeaturedGoogleInnovationLearning MaterialsLifestyle

मृत्युमा पनि अमर बनी आकाशमा चम्कनु

poem nepali


चम्किलो त्यो आकाशमा जुनको किरण बन्नु तिमी
भाग्यमानी जीवनमा कर्मशील बन्नु तिमी
धर्तीको धुलो मैलोमा बगिरहनु पसिनासरि
बर्सि रहुन प्रगतिहरु वर्षातका असिनासरि ।।

थोपा थोपा मिलाउँदै बग्नु मिसिनुु समुद्रमा
अमूल्य जीवन खुसीका साथ चम्किलो मुद्रामा
भिर र पाखा, उकाली चढी हिमाल हसाउँनु
योद्धाको छोरो खुकुरी बोकी देशलाई बचाउनु ।।

धर्ममा आस्था जोगाउदै जानु वशंलाई सिकाउनु
माटोको माया, वन र पाखा नाम्लोमा बोकाउनु
प्राणीको माया, हत्या र हिंसा बुद्धलाई सम्झनु
हिराको मूल्य, मोतीका दाना माटोमै बिसाउनु ।


मायामा रम्नु, काखमा बस्नु, कर्तव्य सम्झिनु
भाका र भोका फरक होलान् दुवैलाई जोगाउनु ।
आमा र माया साथमा बोकी अगाडि लम्कनु
मृत्युमा पनि अमर बनी आकाशमा चम्कनु ।
मृत्युमा पनि अमर बनी आकाशमा चम्कनु ।।

Related posts

पाथिभरा भगवतीको उत्पत्ति कथा

admin

KHAPTAD NATIONAL PARK

admin

लक्ष्मी प्रसाद देवकोटाको जीवनी

admin

Leave a Comment