As you enter your new life, we juniors wish you loads of success, with a cupful of happiness, mountains of achievements and good wishes to live your dream each and every moment.
Few words for Respective Surendra Joshi Sir, A Level Coordinator – GCI
शुभकामना छ तिम्रो नयाँ यात्रालाई जहाँ तिम्रो आगामि दिनहरुको सहयात्रामा श्री पशुपतिनाथको कृपा सँधै भरि रहिरहनेछ । प्रर्थाना छ तिम्रो सफल भविष्यको जसले सँधैभरि शिखर चुमीरहोस् । बादलले ढाकिएको निस्तब्धता, आकाशमा उजाडता, सँगालिरहेको धर्ति लिएर निरवलताले ढुबुल्कि मारेको वृत्ताकार क्षितिमा अनि उछ्ंखलताले धमिलिएका खोलाहरुसँगै नैरेश्यताले झरिएका झरनाहरु सित क्षितिजभित्र पहिरो गएर ध्वस भएका असंख्य हिमालहरुलाई सान्त्वना दिँदे मेरो दिलबाट निस्केका यि पलहरुलाई दुई चार शब्दरुपीले बयान र बख्यानले प्रस्ट्यान त अवश्य सक्दैनन् तिम्रो सामर्थ, क्षमता, ज्ञान, बुद्धि, विवेक र कार्यकुलतालाई । तर पनि मनभित्र छचलकिएका भावनालाई मात्र यी अक्षरहरुमा खोप्ने प्रयास हो । जब समिपैमा थियौ आफुलाई ठुलो रुखको छाहारी मुनी भएको आभास हुन्थ्यो । सितलता र स्वच्छ हावाले प्रस्फुटित हुन्थे अनि आशाको दियो बल्दथ्यो र रचिन्थे भविष्यका पानाहरु र कल्पिन्थे ति कथाहरु जहाँ सफलताको शिखरलाई चुमीरहेको दृश्य देखिन्थ्यो । तिमीले खोपेको शिलालेख सँधैभरी यहि परिवेसमा झल्कीरहनेछ । तिमीले बगाएका पसिनाका हरेक बुदले सँधै बर्काे ओडिरहनेछ । तिम्रो सामथ्र्यता र क्षमताले यहाँको हरेक कडकडलाई रसिलो बनाइरहनेछ । तिम्रो मान र नामको गुनगुनाले वरिपरीको वातावरणलाईनै रमणिय बनाइरहनेछ अनि तिम्रो धैर्यता र क्षमताको आभासले सँधैभरी सबैलाई प्रोत्साहन बासना छरिरहनेछ । तिम्रो सुविचारले भरिएका मार्गहरुले सँधैभरि सहि मार्ग दर्शन दिइरहनेछन् अनि तिम्रो क्षमताको दियो सँधैभरि बलिरहनेछ ।
