Education

ज्वानो खानुका यस्ता अचम्मका फाइदाहरु

नेपाली भान्छामा ज्वानो मसला तथा तेलमा फुराएर तरकारी पकाउन प्रयोग नगर्ने त सायदै कमै होलान् । तर ज्वानो खादाँ हुने फाइदाहरु भने कमै मात्र मानिसलाई थाहा होला । थाहा भएका मानिसलाई पनि केही मात्रामा मात्र थाहा होला । त्यसैले आउनुस् आज हामी तपाईँहरुलाई ज्वानोले हाम्रो स्वास्थ्यमा गर्ने यति धेरै लाभदायक फाइदाहरुको बारेमा जानकारी दिन्छोैँ ।
अर्को कुरा ज्वानोलाई खाद्य विशेषज्ञहरुले नेगेटिव कैलोरी फूडमा गणना गर्दछन । यो थोरै मात्रामा खाँदा पनि पेट भरिएको अनुभव गराउँदछ । मानिसहरु वजन घटाउन यसको प्रयोग गर्दछन् । सुत्केरी महिलाहरुले दुध बढाउन तथा पोषिलो दुधको लागि यसको झोल खाने गर्दछन ।
अब यसका फाइदाहरु हेरौँ
पेट फुल्ने समस्या भएमा
ग्यास्ट्रिक भई पेट फुल्ने रोगमा ज्वानो र विरेनुन मिसाएर मनतातो पानीमा मिलाइ औषधीको रुपमा लिन सकिन्छ । ज्वानो उमालेर त्यसको वाफ र झोलको रुपमा धेरै रोगहरुको लागि लाभदायी हुन्छ ।
सुत्केरीको प्रिय खानाको रुपमा
ज्वानो तरकारी तथा अचारमा स्वादको लागि प्रयोग गरिन्छ । सुत्केरी महिलाहरुले ज्वानोको सुप बनाएर खाएमा शरीरलाई निकै नै लाभदायक हुन्छ । यसलाई खाध्य विशेषजहरुले ‘नेगेटिव कैलोरी फूड’ मा गणना गर्दछन । यो थोरै मात्रामा खादा पनि पेट भरिएको अनुभव गराउने हुनाले वजन घटाउन चाहनेहरुले यसको झोल खाने गर्दछन ।
रुघाखोकी तथा सर्दी भएमा
सर्दी अथवा रुघाघोकीमा ज्वानो अति लाभदायी हुन्छ । दिनहँु भुटेको ज्वानो २ ग्राम जति खाँदा सन्चो हुन्छ । मनतातो पानीसँगै ज्वानो चपाएर खाँदा खोकीलाई फाइदा गर्छ । ज्वानोलाई भुटेर सफा रुमालमा बेरेर नाकको नजिक लगेर सास तान्दा ज्वानोको बाफले नाक बन्द भएको पनि खुल्न मद्दत गर्दछ । ज्वानो र बेसार १ चम्चा दिनको ३ पल्ट १ गिलास पानीमा पकाएर खाएमा चाँडै आराम हुन्छ ।
पेटमा अपच भएमा
मन तातो पानीमा अलिकति ज्वानो थोरै विरेनुन वा नभए सादा नुन राखेर खाएमा पेटमा भएको अपच ठिक हुन्छ । ज्वानोमा रक्सीमा हुने समेत गुण भएकाले पेट दुखाईमा प्रयोग गर्दा पनि लाभदायी हुन्छ । ज्वानोलाई खानासँगै त्यत्तिकै ज्वानो खाँदा पनि लाभकारी हुन्छ ।
कम्मर दुख्ने रोगमा
एक÷एक पाउ ज्वानोको धूलो र सखर दुबै बराबर राम्ररी मिसाएर दिनहुँ बिहान वेलुका मनतातोपानीसँग एक÷एक चम्चा सेवन गर्नाले एक÷दुई हप्तामै ठिक हुँदै जान्छ ।
नाथ्री फुटेमा
नीमको पात र ज्वानो पानीमा पिनेर दुबै कञ्चटमा लगाउनाले रोग निको भएर जान्छ।
घाँटी बसेमा
पानीमा ज्वानो र सखर १ चम्चा राम्ररी उमालेर मनतातो पिउनाले पनि घाँटी बसेको जान्छ ।
शरीर दुख्ने रोगमा
भुटेको ज्वानो र सखर मिसाएर ज्वानोको लड्डु बनाउने र बिहान,बेलुका मिश्री पानीसँग नियमित रुपमा खाने गरेमा एक÷दुई हप्तामा ठीक हुन्छ ।
दम रोग लागेमा
ज्वानो र सखर मिलाएर दिनहुँ खाने गर्ने हो भने दम रोगलाई निकै लाभदाय पुर्याउँछ । दम रोग लागेकोमा ज्वानोको धुवाँ लिँदा सास फेर्न सहज हुन्छ ।
हैजामा भएमा
हैजाका कारक किटाणुहरूलाई मार्नमा ज्वानो सहयोग हुने भएकाले हैजामा ज्वानो सेवनको सल्लाह दिइन्छ । साथै पेट सफा राखी खानामा रुचि समेत गराउछ ।
मृगौलामा हुने पत्थरीमा
ज्वानो, मह र चुक अमिलो मिसाइ नियमित रुपमा १०/१२ दिनसम्म प्रयोग गरेमा यसले मृगौलाको पत्थरीलाई गलाउन राहत दिन्छ ।

Related posts

PreSchool are accessible in Kathmandu, Lalitpur, and Bhaktapur.

admin

Stunning Historical Place Chandragiri Hill in Kathmandu, Nepal

admin

How to write “Newspaper Article”

admin

Leave a Comment