CreativesCultureEducationEntertainmentEnvironmentInnovationLearning MaterialsLife StyleWellness

हे मेरा साथी

– राजु भट्टराई


हे मेरा साथी,
तिमी नै हौ सबैभन्दा माथी
गर्दै जाउ कर्म अनि
नबिर्स है धर्म ।

हे मेरा साथी,
रमणिय प्रकृतिमा दिनरात काट्दै
चम्किलो सूर्य र चन्द्रसँग जिवन साट्दा साट्दै ।
ज्ञान अनि विवेकसँग हातेमालो गर्दै
मुस्कान छर्दै जिवनमा सच्चा साथी बन्दै ।

हे मेरा साथी,
सघंर्षलाई साथ राखी ओँठमा हाँसो साटी
हिमाललाई साच्ची राखि उठौँ अझै माथी ।
नदिसँगै स्वच्छ बनी बहँदै जाउँ पारी
कोमल माटो हातमा राखी बोकौँ ठुलो भारी ।

हे मेरा साथी,
रिसराग पर सारी ज्ञानी बुद्ध बनौँ
शान्ति अनि सद्भावलाई आत्मासाथ गरौँ ।
भेद्भाव, जाति, धर्मको एउटै माला उनौँ
संस्कृतिसँगै नाचिगाई जिवन गाँथा बुनौँ ।
हे मेरा साथी,
तिमी नै हौ सबैभन्दा माथी ।

Related posts

Stunning Shey Phoksundo Lake, In Nepal

admin

जता हेर्यो उस्तै तिम्रो हेर्यो यस्तै

admin

अपमान गराइ रहेछ – राजेन्द्र ओझा (नयन)

admin

Leave a Comment