AdvisorComedyCreativesCultureEducationEntertainmentInnovationLearning MaterialsLifestylePolitics

आजको तरकारी र मसला

– राजु भट्टराई
सम्बन्ध त थियो हाम्रो
तरकारी र मसला जस्तै
तर,
खै के भयो भयो
तिमी वारी म पारी
पर्यो एकअर्कामा जुवारी ।
कहिले तिम्रो जित मेरो हार
त,
कहिले तिम्रो हार मेरो जित
के गर्नु साथी
भागबण्डा त बराबर हुनै पर्यो ।
तरकारी मसला जस्तै
सकिएको बेला नभएनी भयो ।

हिजो तिम्ले धोका दियौ
आज मैले धक्का दिए
साउँ र व्याजको हिसाब हेरन
साथी,
अझै तिर्न बाकी
त,
तिम्रै भयो ।
तरकारीमा मसला सकिए जस्तै
नभएनी भयो ।

अरुको के चर्चा गर्नु
आफ्नै कुलो सोझ्याउन पाए भयो
तिम्रो पालोको पैँचो तिरोको मात्र हो
तिमी भए पनि भयो नभएपनि भयो
आखिर,
सकिएको बेला मसला
छिमेकी सँग मागे पनि भयो ।

राजनितीको नाम दिन पाएका छौँ
हाम्रो यो खेललाई
अब त म खहरे मिसिएको नदि
बनिसँके
कसले पत्ताउँछ र तिमी जस्तो आकासे भेललाई
तरकारी र मसलाजस्तै
अब,
कसले पत्ताउला र तिम्रो मेरो यो खेललाई ।।

Related posts

मेरो लिडर क बाट सुरु

admin

Top A level colleges in Nepal

admin

जता हेर्यो उस्तै तिम्रो हेर्यो यस्तै

admin

Leave a Comment