CreativesInnovation

मेरो लिडर क बाट सुरु

श्रीराज

कलियुग, कंश, कम्प्युटर, कला, कौसल, कविर, कौरव, कर्म, कस्तुरी, कन्चनजङ्गा, कोसी, कमल, करण । क शब्दको बाहुल्यता र सामथ्र्य धेरै उचाईमा रहेछ । मेरो लिडर पनि क बाटै सुरु भयो । व्यक्ति या वस्तु ।
नागबेली परेको घुमाउरो सडकका चैतबैशाखतिर देखिने दायाँबायाँ फुलेका लालीगुराँसको रातो लालिमा र हरिया पातहरूको मोहकरूप अहिलेको यो समयमा खोजेर पनि पाइँदैनथ्यो सायद् । घामको सुनौला प्रकाशमा नुहाएर विस्तारै मुस्काउन खोजेको गौरीशङ्कर हिमाल बडो प्रफुल्ल देखिदैनथ्यो साहेद ।
डा. करण सिंह ठगुन्ना उहाँ ठूलो र सुन्दर होइन असल र सक्षम हुनुहुन्छ । राष्ट्रवादी हुनुहुन्छ, स्वाभिमानी हुनुहुन्छ, भलाद्मी हुनुहुन्छ । ठूलाहरूमा देखिने स्वार्थ, अहं र केही हदमा पाइने मानवीयताको अभाव सायद उहाँमा छैन । साना ठूला सबैसँग समान व्यवहार र सादा–परिश्रमी जीवन संभवतः उहाँको जीवनदर्शन हो भन्ने अनुभव भयो । डा. ठगुन्ना विदेशमा आफ्नो अध्यापन सकाएर विदेशी भुमीमा पनि आफ्नो नाम उच्च श्रेणीमा हुँदाहुँदा नेपाली भुमीमा आएर आफ्नो जिवन र कर्म आफ्नो मातृभुमीमा अर्पण गर्नुभएको छ । The University of Alabama बाट Doctor of Philosophy – PhD, Quantitative Finance and Applied Mathematics अनि The University of Alabama बाट Master’s degree, Applied Mathematics अध्ययन गर्नुभएका डा. ठगुन्ना विश्वका शक्तिशाली र विकसीत मुलुकहरु अमेरीका, यूरोप जस्ता मुलुकमा पनि आफ्नो नाम उच्च श्रेणीमा राख्न सफल बन्नुभएको छ । नेपाली भुमीमा क्षमतावान व्यक्तित्वको धेरै खाँचो छ । ज्ञान नै सर्वशक्तिमान हो । न्यिदब िऋयििभनभ क्ष्लतभचलबतष्यलब िका एचष्लअष्उब िपदमा रहेर आफ्नो मातृभुमीमा रहि शिक्षा क्षेत्रमा प्रभुत्व जमान सफल डा. करण सिहं ठगुन्ना आफ्नो दैनिकी कर्म गरी विताउदै आउनुभएको छ ।
डा. ठगुन्ना शिक्षक देखि विद्यार्थी, नेता देखि कार्यकर्ता, कलाकार देखि सल्लाकार, विशिष्ट श्रेणीमा रहेका हरेक क्षेत्रका व्यक्ति अनि देश विदेशमा रहनुहुनेण् सम्पूर्ण शिक्षित वर्गहरु सँग घनिष्ट सम्बन्ध कायम गर्दै आफ्नो दक्षतालाई सार्थक बनाउन सफल रहनुभएको छ । ज्ञान ले नै भविष्यको सहि मार्गदर्शन गर्न सक्छ । ज्ञानी नै सच्चा सक्षम प्रामाणित हुन्छ । बिद्धान्, अब्बल, पारदर्शि शब्द वा सुनाईमा मात्र सिमित होइन बास्तविकतामा अब्बल त्यो हो जो ज्ञानले भरिपूर्ण हुन्छ ।

मेरो जिवनको शिलालेखमा परिश्रम, कर्म नै जिवन हो भनेर खोपिएको छ । २ दशक छुन लाग्यो आजसम्मको यात्रामा धेरै अनुभव प्राप्त भयो । संसारका ठूला उद्योग, व्यापरीसँग नजिकिएर कर्म गर्ने मौका पाए । उक्त क्रममा उच्चवर्ग, बुद्धिजिवी, सक्षम लिडरसँग नजिकीने मौका मिलेर नजिकबाट लिडरको क्षमता र व्यवहार नियाल्ने अवसर पाए । सुनजस्तै देखिने वा सुनकोशी नदिमा सुन पाइने भएकोले सुनको अर्थमा सुनकोशी नदि हिरण्य रहेको होइन … । अस्तित्वबोधको आकाशबाट आएको रापिलो सत्यताको चम्किलोपनतालाई छिचोल्दै हिरण्येश्वर पर्वतबाट निस्कीएर हिरण्य कौशिकी भन्ने नाम रहन गएको रहेछ । पृथ्वीनारायण साहले नेपाल एकिकरण गरे रे । चित्रमा एउटा औंला उठाएको मात्र देखेर दङ्ग परिन्छ । तर उहाँको विगतको ध्यान, तपस्याको बोध मात्र उहाँलाई र यो देशको माटोलाई मात्र थाहा छ । बनाउन धेरै गाह्रो छ बिग्रन त तुरन्छ एउटा डोजरले गर्ने काम हो ।
सत्य, चन्द्र र सूर्य कहिल्यै लुक्दैन । कोहिली र कागको अन्तर देख्दा नदेखिए पनि बास्तवमा धेरै छ । अरुलाई जस्तै मलाई पनि मेरो कर्मथलोको माया लाग्छ र चिन्तापनि किनकी भोली पनि मलाई यहि थलोमा कर्मको ध्यान गर्नुछ र यहिबाट प्राप्त ज्ञानले अगाडि बढ्नुछ र बरदानले जिवीकोपार्जन गर्नुछ । कर्मथलोको सान होस् मान होस्, नाम होस् र भविष्य होस भन्ने चाहाना हुन्छ । आफुले टेक्ने भुमी नचर्कियोस्, नफाटोस् भन्ने इच्छा हुन्छ । लिडर त्यो बन्न सक्छ जो अरु ले लिडर भनि स्वीकार्छ । राजनितीक होस वा सरकारी वा व्यक्तिगत राष्ट्र होस् या व्यवसाय हरेक क्षेत्रमा सक्षम लिडर को खाँचो रहन्छ । सहि मार्गदर्शनको जरुरी हुन्छ । लिडरलेनै त्यो पिलर हो जसले पूरै बोझ उचालि ठिगं उभिएको हुन्छ । जुन क्षेत्रमा काबिल लिडर रहन्छ त्यहाँ नै उन्नती हुन्छ, समृद्धि हुन्छ, विकास हुन्छ र त्यहाँ वरिपरी मात्र सुखको राघ चारैतिर फैलिरहन्छ । सफल र उज्जवल भविष्यको चित्र चम्किरहन्छ ।

Related posts

The Infinite Way of Humanity and Truth

admin

Shree Krishna Janmashtami: A Celebration of Divine Birth, Dharma, and Eternal Wisdom

admin

Nepal at a Crossroads: Politics, Development, Culture, and the Road Ahead

admin

Leave a Comment