CollegeCreativesEducationLifestyleWellness

मुटुको धड्कन किन बढ्छ ?

Heart beat in nepali

मानिस आत्तिएर वा डराएर मुटु छिटोछिटो ढुकढुक गर्छ । यो प्रक्रिया सबै मानिसहरुमा हुन्छ । डरको रफ्तार अनुसार यतिसम्म कि मुटु नै बाहिर आउला कि जस्तो हामीलाई लाग्छ । हातखुट्टा नै थरथरी काम्न थाल्छ । यसरी मुटुको चाल बढ्नुको मुख्य कारण यस्तो बेला शरीरले थप पोषण वा शक्ति माग्छ । जसलाई चिकित्सकीय भाषामा नर्मल फेनोमेना (सामान्य स्थिति) भनिन्छ ।
मुटुको काम भनेको रगतको पम्प गर्ने भएकाले यो शरीरले मागेअनुसार चल्छ । शरीरको माग धेरै हुँदा मुटुको चाल बढी हुन्छ भने माग कम हुँदा चाल पनि कम हुन्छ । यसलाई शरीरको सामान्य अवस्था मानिन्छ । यसमा कुनै रोगको लक्षण हुदैँन । यो सामान्य मानिसमा पनि हुन्छ । यसबाहेक ज्वरो आउँदा, निरन्तर शारीरिक व्यायाम, दौडने, उफ्रने, गाह्रो, काम गर्ने, निरन्तर काम गर्ने, जस्ता शारीरिक क्रियाकलाप गर्दा पनि मुटुको चालमा परिवर्तन आइरहेको हुन्छ । अर्को कुरा मानिस भावनावा संवेदनाकै कारणले डराउने, आत्तिने र तर्सिने गरेको बेलामा मुटुमा प्रभाव परिरहेको हुन्छ । जब मानिस डराउँछ वा आत्तिन्छ तब तत्काल शरीरमा विशेष किसिमको हार्मोन निस्किन्छ । जसलाई क्याटाकोलामाइन भनिन्छ । यो निस्कँदा मुटु जोडले धड्किने र चाल पनि बढी हुन्छ र त्यतिबेला व्यक्तिले तनाव महसुस गरिरहेको हुन्छ र त्यो तनावलाई शान्त गराई पुनः सामान्य गर्ने काम पनि सोही हार्मोनले गर्छ । कोही व्यक्ति कुनै कुरा वा घटना देखेर डराएर काम्ने गर्छन् भने त्यो बेलामा पनि हार्मोनले नै प्रभाव पारिरहेको हुन्छ ।
मुटुको चाल बढेकै कारणको कुनै उपचार त हुँदैन तर अत्यधिक आत्तिने र बढी मानसिक तनाव लिइरहेमा भने पछि मुटुको समस्या आउन सक्छ । जसले मुटुको नसाहरु साँघुरिने सम्भावना हुँदा हृदयघात समेत हुन सक्छ । चिकित्सकले पनि मुटुको चाल बढेको उपचार गर्नुभन्दा पनि मुटुमा चाल के कारणले बढ्यो भनेर निचोड निकालेर मात्र उपचार गर्छन् ।
अस्वभाविक मुटुको चाल
कतिपयमा मुटुरोग लागेकै कारण मुटुको चाल बढ्ने गर्छ । सामान्य रुपमा मुटु चल्नका लागि मुटुमा करेन्ट बहनुपर्छ । उक्त करेन्ट निकाल्न मुटुमा साइनस नोड हुन्छ । साइनस नोडले एक खालको करेन्ट निकाल्छ । यसरी निस्किएको करेन्ट जाने एक निश्चित तार हुन्छ, जसको माध्यमबाट करेन्ट मुटुका सबै कोठाभित्र पुग्छ । तर कतिपयमा भने करेन्ट बग्नुपर्ने ठाउँ नै अर्को भइदिने वा निस्केको अन्य करेन्ट बग्ने अनावश्यक तार हुन सक्छन् । त्यो अवस्थामा भने आवश्यकताभन्दा बढी मुटु धड्किन्छ । यो परिस्थितिमा भने कुनै पनि क्रियाकलाप नगर्दा स्थिर भएर बस्दा पनि एक्कासी मुटुको चाल बढ्ने हुन्छ । जसलाई ट्याकीकार्डिया भनिन्छ । ट्याकीकार्डिया मुटुरोग मध्ये एक हो । यो रोगबाट ग्रसित व्यक्तिमा अचानक चाल बढ्ने सम्भावना हुन्छ अथवा बसिरहेको अवस्थामा पनि मुटुको धड्न तेज हुन्छ । त्यस्तो व्यक्तिलाई त्यस समयमा गाह्रो हुने, रिंगटा लाग्ने, छाती दुख्ने, श्वास फेर्न कठिन हुने र बेहोस हुनेसमेत लक्षण देखिन सक्छ । सो रोग बच्चादेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि देखिन सक्छ । हृदयघात भएका व्यक्तिमा यसको जोखिम अझ बढी हुन्छ ।
मुटुको चाल कति हुनुपर्छ त ?
मुटुको चाल ६० देखि १०० छ भने सामान्य मानिन्छ । यद्यपि राति सुतेको अवस्थामा शरीरको माग कम हुने भएकाले ६० भन्दा कम ५० मा पनि झर्ने गर्छ, त्यसलाई हामी सामान्य रुपमा लिन सक्छौ । मुटुको चाल आवश्यकताभन्दा बढी र कम हुँदा असामान्य स्वास्थ्य अवस्था भनेर बुझ्नुपर्छ । यी दुवै अवस्थामा व्यक्तिलाई हिंड्ने क्रममा वा बसेको समयमा चक्कर लाग्ने, टाउको दुख्ने, ढुकढुक हुने, श्वास फेर्न कठिन हुने लक्षण देखिन्छ । मुटुको चाल घटबढ हुनुमा विभिन्न कारण हुन सक्छन् । जन्मजात मुटुरोग, केहीमा उमेर बढेसँगै मुटुको बनावटमा परिवर्तन आउँछ । जसकारण मुटुमा करेन्ट निकाल्ने अन्य अनावश्यक ठाउँ पैदा हुने वा बाटो फरक हुन सक्छ । त्यस्तै, मुटुमा संक्रमण र हृदयघातपछि पनि मुटुको चालमा घटबढ हुन सक्छ । हृदयघात भएका व्यक्तिमा मुटुको चाल घटबढ भएमा मृत्युसमेत हुने जोखिमं हुन्छ । त्यस्तो अवस्थामा मुटुको चाल २०० सम्म पुग्न सक्छ ।
उपचार
मुटुको चाल घटबढसम्बन्धी सबैखाले उपचार नेपालमा सम्भव छ । चाल घटबढ हुँदा यसको उपचारबाट नियन्त्रणमा ल्याउन सकिन्छ । मुटुको चाल आवश्यकताभन्दा कम भएको अवस्थामा औषधिले ठीक हुन्छ भन्ने हुँदैन । यसको लागि पेसमेकर ब्याट्री लगाएर उपचार प्रक्रिया अघि बढाउन सकिन्छ । उक्त ब्याट्रीले मुटुको चाल कम भएको थाहा पाउछ र नियन्त्रण गर्ने काम गर्छ ।
त्यस्तै, मुटुको चाल आवश्यकताभन्दा बढी भएको खण्डमा उपचारको लागि औषधि पनि चलाइन्छ । अर्को माध्यम भनेको छाती नचिरी र बेहोस नबनाई पनि गर्न सम्भव छ । खुट्टाबाट तार पसाएर मुटुमा पु¥याएर चाल बढी भएको कारण पत्ता लगाएर अन्यन्त्र तार बग्ने बाटो भए निष्क्रिय बनाउने र चाल बढाउने तन्तु भेटिएमा नष्ट गरिन्छ ।
मुटुको चाल स्वस्थ बनाउन मुटुलाई स्वस्थ राख्नुपर्छ । त्यसका लागि मुटुलाई असर गर्ने जोखिम न्यूनीकरण गर्दा स्वतः चाल नियन्त्रण र नियमित हुन्छ । स्वस्थ जीवनशैली, दीर्घरोग नियन्त्रण, शारीरिक व्यायाम र तनावलाई कम गर्ने कार्य गर्न सकिन्छ ।

Related posts

Searching Job Strategies

admin

Shree Krishna Janmashtami: A Celebration of Divine Birth, Dharma, and Eternal Wisdom

admin

The Students of Global College International A-Levels has received the NEPAL TOPPERS AWARD

admin

Leave a Comment